तनहुँ । तनहुँबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश सांसद श्यामराजा महतलाई मन्त्री बनाउनै पर्ने दवावमा गण्डकीमा एमाले रहेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एकदुई दिन लामो मन्त्रालय फुटाएर ९ मन्त्रालय बनाउने र ४ मन्त्रालय पाउने भएपछि सरकारमा जान तयार भएको एमालेमा मन्त्री बन्न ईच्छा गर्नेहरुको लर्को लामो भएपनि पछिल्लो समय भएका निर्वाचन तथा उपनिर्वाचनमा नेकपा एमाले तनहुँको कमजोर प्रर्दशनीले गर्दा श्यामराजा महतलाई मन्त्री बनाउन दवाव बढेको हो । । केही दिनमा मन्त्रिपरिषद् विस्तार हुदाँ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेलाई सरकारमा ल्याउने बारे छलफल गरेपछि गण्डकी प्रदेशमा नेकपा एमाले सरकारमा जाने तयारीमा छ ।
गण्डकीमा मुख्यत पार्टी उपमहासचिव तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ र अधिकारीका छुट्टाछुट्टै गुट भएपनि दुवै गुटमा समान सम्बन्ध बनाएका महतलाई मन्त्री बनाएर बिकास निर्माणका काममा गति दिदै आगामी निर्वाचनमा कांग्रेसको गढको रुपमा परिचित तनहुँमा पुन लालझण्डा फहराउने नेकपा एमाले तनहुँका एक नेताको भनाई रहेको छ ।
स्मरणिय छ तनहुँमा पनि एमालेका नेताहरुको गुटगत राजनीतिका कारण २०७९ को संघिय तथा प्रदेश तहको निर्वाचनमा तनहुँका सबै क्षेत्रमा सन्तोषजनक मत परिणाम ल्याउन सकेको थिएन भने अघिल्लो पटक विजयी भएका संघ तथा प्रदेशका सिटहरु पनि नेकपा एमालेले गुमाउन पुगेको थियो ।
कांग्रेसको भागमा परेका सबै मन्त्री भइसकेकाले यसअघि एमाले दुई पटक सरकारमा गएको एमालेको भागमा परेको ४ मन्त्रालयमा मन्त्री परेको छ। अघिल्लो पटक प्रदेश सरकार निर्माण गर्दा आफ्नो गुटका सांसदलाई मात्र मन्त्री बनाएको भन्दै एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारीको पार्टीभित्रैबाट आलोचना भएको थियो ।








