तनहुँ । मृर्गौला रोगी प्रीति गुरुगंलाई सूर्यपालको नागभैरब बहुउद्धेश्यियका कर्मचारीबाट आर्थिक सहयोग गरेका छन् । व्यास ८ की मृर्गौला रोगी २६ बर्षिय गुरुगंलाई लम्जुगंको मध्यनेपाल नगरपालिका वडा नं. ३ सूर्यपालको नागभैरब बहुउद्धेश्यीय सहकारी संस्थाका व्यवस्थापक दुबराज सोती, लेखापाल प्रमिला सुवेदी,बजार प्रतिनिधि अनु नेवार र लक्ष्मी श्रेष्ठले एकमुष्ठ ६ हजार १५ रुपैया सहयोग प्रदान गरेका हुन् ।
२६ बर्षकी प्रीति गुरुगं ७ बर्षको बच्चा बोकेर अस्पताल धाईरहेको सुन्दा र आर्थिक अभावले उपचार गर्न नसकिरहेको सुन्दा हामी पनि सहयोग गरौ न भनेर उत्तः रकम सहयोग गरेको नागभैरब बहुउद्धेश्यीय सहकारी संस्थाका व्यवस्थापक दुबराज सोतीले बताउनुभएको छ ।









