काठमाण्डौ । नेपाली विद्यार्थी विपिन जोशीसगै इजरेलबाट हमासले बन्धक बनाएका छजनाको शव भूमिगत सुरुङमा भेटिएको छ । इजरेली सेनाले गाजाको रफाह सहरमा एउटा सुरुङमा फेला परेका छवटा शव अक्टोबर ७ मा हमासले आक्रमण गर्दा बन्धक बनाएकाहरूको रहेको जनाएको छ। इजरेलमा भएको सांगीतिक कार्यक्रममा आक्रमण गरि हमासले बन्दि बनाइएको ठानिएका २५१ जनामध्ये ९७ जना अझै बन्धक रहेको ठानिएको छ।
अमेरिका, इजिप्ट र कतारका मध्यस्तकर्ताहरूले हमासले अझै बन्धक बनाएका ९७ जनाको रिहाइका लागि इजरेली जेलमा रहेका प्यालेस्टिनी बन्धकहरू सट्टापट्टा गर्न सकिने विषय समेटिएको एउटा युद्धविराम सम्झौतालाई टुङ्गोमा पुर्याउने प्रयास गरिरहेका छन्।
हमासको नियन्त्रणमा अझै रहेको भनिएका ९७ बन्धकमध्ये कम्तीमा २७ जना मारिएको ठानिन्छ।
हमासले बन्धक बनाएका व्यक्तिको सूचीमा नेपाली विद्यार्थी विपिन जोशी पनि छन्। उनको अवस्था अझै पनि अज्ञात रहेको छ।
हमासले बन्दि बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको हुन सक्ने केही आधारहरू इजरेली पक्षले दिएको नेपाली अधिकारीहरूले बताएका छन्।
गत नोभेम्बरमा सार्वजनिक भएको उत्तरी गाजास्थित अल-शिफा अस्पतालको एउटा सीसीटीभी भिडिओमा देखिएका केही मानिसमध्ये एक जना नेपाली नागरिक पनि रहेको इजरेली सेनाले जनाएको थियो।
बिबिसि नेपालीको सहयोगमा