दीपक मनाङेले सिकाएर गए नैतिकताः जुनियर मन्त्रालयमा नबस्ने भन्दै दिए राजीनामा

सर्वज्योति
  • ख-
  • ख+

पोखरा । मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका नवनियुक्त वन तथा वातावरणमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिएका छन् । उन्ले जुनियर मन्त्रालयमा नबस्ने भन्दै राजीनामा दिएका हुन् । स्वकीय सचिव सन्तोष अधिकारीमार्फत मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई राजीनामा पठाएको मनाङेले जानकारी दिएका छन्।

यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रहेका मनाङेलाई परिवर्तन गरी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, जुनियरलाई दिने मन्त्रालय भन्दै उनले मुख्यमन्त्रीसँग असन्तुष्टि जनाएका थिए ।
मन्त्री पायो भने जुनसुकै मन्त्रालय पनि सम्हाल्ने परिपाटी चलिरहेको बेला राजीव गुरुङ (दीपक मनाङे) को कदमलाई धेरैले नैतिकता देखाएको रुपमा अथ्र्याएका छन् ।
आज विस्तारित गण्डकी सरकारमा नेकपा एमालेबाट मन्त्री बनेका ४ जनाले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्यालले शपथ लिएका छन् ।

जिसीले भूमि व्यवस्था, कृषि तथा सहकारी, पाठकले स्वास्थ्य, केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?