तनहुँ । पढ्दा र सुन्दा अचम्म लाग्छ तै पनि जनताको करबाट तलब खाएका, तलबले मात्र नपुगेर विभिन्न शिर्षक मिलाएर हिसाव मिलाएर कहिले प्रोत्साहन भत्ता, कहिले अनुगमन भत्ता , कहिले खाजा खाना भत्ता, कहिले बैठक भत्ता खाएका कर्मचारी तथा जनप्रतिनिधिहरुले १० , २० हजार रुपैयामा पनि कसरी र्याल काड्छन् हेर्न अन्त जानुपर्दैन तनहुँको म्याँग्दे गाउँपालिका गए पुग्छ । म्याग्दे गाउँपालिकाका कर्मचारीको गल्ति, कमजोरी हो वा जानाजान गरेका हुन् १०, २० हजार रुपैयाको लागि गरिएका कार्यहरु हेर्दा लाग्दछ संसारबाट लाज शरम् हराएको छ । केहि बर्ष अगाडि १०, २० हजार रुपैयाका लागि गाउँपालिकाले स्वतः पाउने विज्ञापनको कमिशन पनि तर मारेपछि महालेखा परिक्षकको प्रतिवेदनले सो रकम असुल उपर गर्न निर्देशन दिएपछि कर्मचारीले रोएर ”मैले मात्र खाएको हो र ? खाने बेलामा तलदेखि माथिसम्म खाने तिर्ने बेलामा म मात्रै ! भन्दै उक्त रकम फिर्ता गरेका थिए । त्यसैगरि यसपटक पनि म्याग्दे गाउँपालिका कर्मचारीको मिलेमतोमा विद्यार्थी संख्याभन्दा बढि रकम निकाशा र पाठ्यपुस्तक वापतको बढि रकम निकाशा गरि जनताले तिरेको राजश्वको अपचलन गरेका छन् ”थोपा थोपा संकलन गरि गाग्री भर्नुपर्दछ” भन्ने नेतृत्वत्रय कै नीति तथा निर्देशन अनुसार उक्त कार्य भएको पनि नाम नबताउने सर्तमा विश्वस्त श्रोतले बताएको छ ।
गाउँपालिकामा सिमित र आफुलाई मन पर्ने मान्छेको मात्र पहुँच दिने, नागरिकले सूचनाको हक मार्फत गाउँपालिकाको आर्थिक पाटोको बारेमा जानकारी लिन खोजे आर्थिक पाटोको हिसाव बाहिरिन्छ र जनताले थाहा पाउछन् भनेर अनेक बहाना र अनेक आरोप लगाएर अन्यत्र ध्यान मोड्न सिपालु नेतृत्वले पाठ्यपुस्तक वापत ३९ हजार ९ सय ६६ रुपैया र विद्यार्थी संख्याभन्दा बढि रकम निकाशामा १४ हजार रुपैया बढि निकाशा गरेको छ । सोहि रकम पनि महालेखा परिक्षकको प्रतिवेदनको रिपोर्टमा असु्ल उपर गरि कोषमा दाखिला गर्नुपर्ने भनेपछि सर्वसाधारणहरु १०, २० हजारमा त यसरी र्याल काँढ्ने पालिकाका नेतृत्वले धेरै रकममा कति चलखेल गरेका होलान् खोज्नुपर्ने भनाई राखेका छन् ।
आफैले गरेको मुल्यांकन प्रतिवेदनमा गण्डकी प्रदेशको पहिलो पालिका भएको तनहुँको म्याग्दे गाउँपालिकामा भएका अनियमितता र सम्बन्धित पक्षबाट असुल उपर गरि गाउँपालिकाको कोषमा जम्मा गर्नुपर्ने दर्जनौ बिषयहरु महालेखा परिक्षकको प्रतिवेदनले औल्याएको छ । गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका तत्कालिन जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्षमा नेपाली कांग्रेसका नेता बालकृष्ण घिमिरे पुनः निर्वाचित हुनुभएको पालिकामा बाहिर जनतालाई देखाउन एउटा रुप र भित्र अर्को रुप देखिएको तनहुँको म्याँग्दे गाउँपालिका आँउदो बर्षमा पनि पहिलो नै हुन्छ कि दोश्रो हुन्छ उक्त दिनको धेरैले प्रतिक्षा गरिरहेका छन् ।