राष्ट्रिय स्वतन्त्र पार्टीका पुर्व नेता एर्व पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध बिक्रीको आरोपमा पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

२७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पुर्व नेता एर्व पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध बिक्री गरेको आरोपमा पक्राउ परेका छन् ।

लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध पूर्वसांसद ढाकाकुमार श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिएका छन् ।

गत ३ साउनमा प्रहरीले रोल्पा घर भई हाल पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरलाई लागू औषध ट्रुपाइनको ९७ चक्कीसहित पक्राउ गरेको थियो । उनले उक्त औषधि पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित रहेको दिया फार्मेसीबाट खरिद गरेको भनेर बयान दिएका थिए ।

त्यसपछि उक्त फार्मेसीका सञ्चालक पूर्वसांसद ढाकाकुमार श्रेष्ठविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको र बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्