ऋषिगं गाउँपालिकामा औषधी खरिदमा १० लाख रुपैयाभन्दा बढि अनियमितता

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको ऋषिगं गाउँपालिकामा औषधी खरिदमा लाखौंको चलखेल हुने गरेको छ । सार्बजनिक खरिद ऐन, २०६३ को दफा ८ उपदफा (२) मा प्रतिस्पर्धा सिमित हुनेगरी खरिद टुक्रयाउन नहुने व्यवस्था भएपनि ऋषिगं गाउँपालिकामा सर्वसाधारणले प्रयोग गर्ने औषधी खरिदमा पनि टुक्रयाउने व्यवस्था मिलाई रकमको चलखेल गर्ने गरिएको भेटिएको छ । प्रत्येक बर्ष बेरुजुँ रकम घटाउन भन्दा बढाउनमा रेर्कड राखेको गाउँपालिकाले सार्वजनिक खरिद नियमावलीको नियम ८५ मा २५ लाख रुपैयासम्मको खरिदकार्य उत्पादकले राष्ट्रियस्तरको समाचार पत्रमा सूचना प्रकाशन गरी तोकेको विक्री मुल्यमा सोझेै खरिद गर्न सकिने वा सोभन्दा माथि बोलपत्रको माध्यमबाट खरिद गर्ने व्यवस्था हुदाहुदै पनि आफुखुशी मिलेमतोमा औषधी खरिदमा पनि टुक्रयाउने व्यवस्था अनियमितता गरेको पाईएको महालेखा परिक्षकको प्रतिवेदनले जनाईएको छ

कार्यालयले सोझै खरिद कार्य गर्दा एक आर्थिक वर्षमा सीमाभन्दा बढीको खरिद गर्न नहुने एवं एउटा आपुर्तिकर्तासग एक पटकभन्दा बढी सोझै खरिद गर्न नहुने उल्लेख भएपनि पालिकाले स्वास्थ्यतर्फ औषधी तथा उपकरण र सर्जिकल औजार खरिद गर्दा सार्वजनिक खरिद नियमावलीकोनियम ८ अनुसार खरिदको योजना तथा प्याकेज बनाइ बोलपत्रको माध्यमबाट एकमुष्ट रुपमा प्रतिस्पर्धा गराएर खरिद गर्नुको साटो एक वटा बोलपत्रको माध्यमबाट र ३ बटा खरिदलाइ सोझै तथा खुल्ला दरभाउपत्र लिएर खरिद गरेको देखिएको छ । साथै खरिद गरेको मध्ये बोलपत्रबाट भएको खरिदमा पर्याप्त र स्वस्थ्य प्रतिस्पर्धा भइ स्वीकृत लागत अनुमान भन्दा ३६.८ प्रतिशत घटी दरमा प्रस्ताव स्वीकृत भइ खरिद गरिएको छ भने बाँकी ३ वटा सोझै दरभाउपत्र लिएर खरिद गरेका खरिदहरुमा स्वीकृत लागत अनुमान भन्दा शुन्य प्रतिशत घटी दरमा खरिद गरेको देखिएको छ ।
खरिद कार्य गर्दा सोझै दरभाउपत्रबाट गरिएको खरिदमा बोलपत्रको तुलनामा सोझै दरभाउ पत्रबाट गरिएको खरिद २८लाख ९१ हजार ८६९ रुपैयाको ३६.८ प्रतिशतसम्मले हुने रकम बढी लागत पर्न गइ गाउँपालिकालाई १० लाख ६४ हजार २०८ रुपैया अनियमितता गरेको पाईएको महालेखा परिक्षकको प्रतिवेदनको ३१ (क) मा उल्लेख गरिएको छ ।
यसरी औषधी जस्तो संवेदनशिल बिषय खरिद कार्यमा लाखौंको अनियममितता भएको महालेखा परिक्षकको प्रतिवेदनले औल्याउदा पनि पालिका नेतृत्व तै चुप मै चुप रहनु, गाउँपालिकाको प्रमुख प्रतिपक्ष नेकपा एमालेको मौनतालाई सर्वसाधारणहरुले चासोका साथ नियालिरहेका छन् अनियमितता गरिएको १० लाख ६४ हजार २०८ रुपैया असुल उपर होला कि नहोला प्रश्न गरिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?