पोखरामा रक्तिम विविध साँस्कृतिक कार्यक्रम हुने

सर्वज्योति
  • ख-
  • ख+

पाेखरा । लोकप्रिय गायक जीवन शर्माको विशेष प्रस्तुतिसहित पोखरामा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । रक्तिम सांस्कृतिक अभियानले असोज १६ गते दिउँसो पोखरा सभागृहमा विविध जनसाँस्कृतिक कार्यक्रम गर्न लागेको हो ।

सो कार्यक्रममा गायक शर्माका अलावा कलाकारहरु नारायण योगी, नारायण शर्मा, निलिमा पुन, दल बहादुर बिक, मान बहादुर भण्डारी, उदय रिजाल, डम्बर भण्डारी र भरत श्रेष्ठको प्रस्तुति रहने बताइएको छ । आयोजक रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिका अनुसार सो अवसरमा शरद लामिछाने, दिलमाया पुन, धन बहादुर थापा, काजी गाउँले, अनिस योञ्जन, शुशिला थापा, पम्फा बन्जाडे, ज्योति फौजा, प्रतिभा शर्मा, केशव राना, सुजन थापा, अनु शर्माको पनि प्रस्तुति रहने छ ।

सो अवसरमा अन्य गायक कलाकारहरु कृति पुन, बिमला सापकोटा, जुना थापा, बेली सिंजाली, डेविड गुरुङ्ग, नर बहादुर गुरुङ्ग, पुजन गुरुङ्ग, गिनिज बुढा, प्रशंसा थापा, हिमांशु ओलीले पनि सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नेछन् ।

देशमा भएका हरेक राजनीतिक आन्दोलन र परिवर्तनहरुमा रक्तिमले गीत, सङ्गीत र साहित्यको माध्यमबाट महत्वपूर्ण योगदान पुराउँदै आएको छ । गायक जीवन शर्माले दिएको जानकारीअनुसार २०४३ चैत्र २६ गते विभिन्न जिल्लाबाट काठमाडौँमा अध्ययन गर्न आएका प्रगतिशील साँस्कृतिककर्मीको भेला काठमाडौँको घण्टाघरमुनि सम्पन्न भएको थियो । सोही भेलाले सङ्गठनको नाम रक्तिम साँस्कृतिक अभियान तय गर्दै ९ सदस्यीय समिति गठन गरेको थियो । भेलाले गायक शर्मालाई अध्यक्षमा चयन गरेको थियो भने सदस्यमा झोकेन्द्र थापा, राधा बुढाथोकी, कृष्ण अर्याल, पार्वती भट्टराई र सुजता गुरुङलगायत रहेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?