पोखराको आर्वामा जेष्ठ नागरिकहरुलाई सम्मान

सर्वज्योति
  • ख-
  • ख+

पोखरा । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा पोखरा सम्मान कार्यक्रमको आयोजना गरिएको छ । मंगलबार आयोजित सो कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

जेष्ठ नागरिक कल्याणकारी संस्था पोखरा १३ आर्वाले सो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको बताइएको छ ।

पोखरा महानगर पालिका वडा नं १३ का जन प्रतिनिधि सुचित तामाङले उनीहरुलाई सम्मान गरेका हुन् । सम्मानित हुने जेष्ठ नागरिकहरुमा रुद्रनाथ बराल, सुभद्रा बराल, धर्म माया बराल, कृष्ण कलि बराल र खेमलाल सुनार रहेका छन् ।

संस्थाका अध्यक्ष बलराम सिग्देलको अध्यक्षतामा आयोजित कार्यक्रममा वडाका ६० जना जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्