सभामुखलाई कास्की प्रहरीले दियो रवि लामिछाने पक्राउ परेको जानकारी

सर्वज्योति
  • ख-
  • ख+

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने पक्राउ परेकोबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ।

रास्वपा सभापतिसमेत रहेका लामिछाने कास्की जिल्ला अदालतको अनुमतिमा शुक्रबार पक्राउ परेका थिए।

कास्की प्रहरीले शुक्रबार नै रवि लामिछाने पक्राउ परेको जानकारी सभामुख घिमिरेलाई दिएको उनको सचिवालयले जनाएको छ।

संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको विज्ञप्तिमा पनि लामिछानेलाई फौजदारी कसूरको अनुसन्धानको क्रममा पक्राउ गरिएको जानकारी प्रहरीले शुक्रबार नै सभामुखलाई दिएको उल्लेख छ।

प्रतिनिधि सभा सदस्यलाई पक्राउ गरेपछि सभामुखलाई त्यसबारे जानकारी गराउनुपर्ने प्राबधान छ।

शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई शुक्रबार राति नै कास्की लगिएको थियो।

आज शनिबार भएकाले म्याद थपका लागि प्रहरीले आइतबार मात्रै लामिछानेलाई अदालत उपस्थित गराउनेछ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?