तनहुँका गौतम मिश्र बने चितवनको जिल्ला प्रहरी कार्यालयको प्रमुख

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । चितवनका प्रमुख जिल्ला अधिकारीपछि प्रहरी प्रमुख (एसपी) पनि सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले एसपी भावेश रिमाललाई हटाएर व्यास नगरपालिका वडा नं. १० का गौतम मिश्रलाई जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखको रुपमा सरुवा गरेको छ ।

रिमाल गत चैतमा चितवनको प्रहरी प्रमुखका रुपमा पुगेका थिए । यसअघि गत जेठमा जिम्मेवारी पाएका चितवनका सीडीओ इन्द्रदेव यादवको पनि त्यहाँबाट सरुवा भएको छ ।

रिमाललाई मानव बेचबिखन अनुसन्धान व्युरो ल्याइएको छ । एसपीका रुपमा मिश्रले यसअघि धादिङ लगायत विभिन्न जिल्लामा कुशल कार्यक्षमता प्रस्तुत गरेका थिए । चितवन सरुवा हुनुभन्दा अघि एसपी मिश्र मानव बेचबिखन अनुसन्धान व्युरोमा रहदा निकै उल्लेखनिय कार्यहरु गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?