कालीकोटमा जीप दुर्घटनाः ६ जनाको मृत्यु, १३ घाइते

सर्वज्योति
  • ख-
  • ख+

सुर्खेत । कालीकोटको पलाँता गाउँपालिका–३, राडुनेटामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

आइतबार दिउँसो कर्णाली प्रदेश १ ज ५६ नम्बरको जीप सडकबाट करिब ३ सय मिटर तल खस्दा उक्त दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतका अनुसार, दुर्घटनामा ३ महिला, १ बच्चा, र २ पुरुषको ज्यान गएको बताए ।

नेपाली सेनाको हेलिकप्टरमार्फत घाइतेमध्ये ८ जनालाई प्रदेश अस्पताल, सुर्खेत पुर्‍याइएको छ भने बाँकी ५ जनालाई पनि अस्पताल ल्याउने तयारी भइरहेको जानकारी दिए ।
साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?