चितवनको बालजी सहकारीका अध्यक्ष दिनेश किशोरी बलात्कार अभियोगमा पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

चितवन । चितवनको बालाजी सहकारीका अध्यक्ष दिनेश राठीलाई जिल्ला प्रहरी कार्यालय चितवनले किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ गरेको छ ।

राठीले १७ वर्षीया किशोरीलाई सौराहाको एक होटलमा पुर्याइ जबरजस्ती करणी गरेको जाहेरी परेपछि शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी ज्ञानकुमार महतोका अनुसार ४८ वर्षीय राठीले किशोरीले आफूमाथि करणी गरेको भन्दै आफन्तलाई खबर गरेकी थिइन् ।

आफन्तले घटना थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नियन्त्रणमा लिएर हिरासतमा राखिएको डिएसपी महतोले जानकारी दिए ।

प्रहरीले जिल्ला अदालत चितवनबाट पाँच दिनको म्याद थप गरेर राठीमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?