इजरायल र लेबनानबीच युद्धविराम सहमति, संयुक्त राष्ट्रसंघको स्वागत

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध जारी थियो ।

तर मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको छ । यससँगै युद्धविराम तत्कालै कार्यान्वयनमा आउने विश्वास छ ।

सहमति अनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुने छ । यसैगरी हिजबुल्लाले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्ने छ ।

इजरायल र लेबनानबीच भएको युद्धविराम सहमतिको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दवै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्व्यन गर्न आह्वान गरेका छन् ।

साभार? अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?