रूपन्देही । रूपन्देही जिल्लाको बेलहिया नाका हुँदै अवैध रुपमा भारत हुँदै कुवेत जान थालेका १३ जना युवतीको उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी नवीन पौडेलले १३ युवतीको उद्धार गरिएको जानकारी दिए ।
पौडेलले रूपन्देहीको शान्ति पुनःस्थापना गृहले युवतीहरुको उद्धार गरेको र थप अध्ययन भइरहेको बताए ।
शान्ति पुनःस्थापना गृह रूपन्देहीका सुपरभाइजर नितेश चौधरीले बिहीबार दिउँसो ३ बजे अवैध रुपमा कुवेत जान लागेका युवतीको उद्धार गरिएको बताए । चौधरीले युवतीसँग श्रम स्वीकृति, बीमालगायतका कागजपत्र नभएकाले शंका लागेकाले उद्धार गरिएको जानकारी दिए ।
साभारः नेपाल प्रेस