गढीमाई मेलाबाट फर्किन लागेको स्कार्पियो दुर्घटना , ८ जनाको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ ।

नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए ।

उनका अनुसार मृतक सबैको शव चन्द्रनिगाहपुरकै सिभिल हस्पिटलमा राखिएको छ । सबै मृतक र गाडी सिरहाको रहेको र उनीहरूका आफन्तहरू आएपछि पहिचान खुल्ने उनको भनाई छ ।

सिरहाको अर्नमा गाउँपालिका ३ बाट गढीमाई मेला गएको र फर्किन लागेको बेला दुर्घटनामा परेको बुझिएको छ ।

 

नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?