तनहुँ । नेकपा माओवादी केन्द्र व्यास नगरको अध्यक्षमा गोपाल सुर्खाली चयन भएका छन् । विहिवार दमोलीमा सम्पन्न १२ औं अधिबेशनबाट सुर्खाली अध्यक्ष चयन भएका हुन् ।
ब्यास नगर समिति अध्यक्ष रामचन्द्र सापकोटाको अध्यक्षता र नेकपा माओबादी केन्द्रका केन्द्रीय संदस्य एवं गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रमा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं तनहुँ जिल्ला ईन्चार्ज कं आशा कोईराला बैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र केशरी न्यौपाने, हेमराज लामिछाने र प्रदेश सह सचिव अतिन्द्र केशरी न्यौपाने र जिल्ला संयोजक कं ओमराज आले (मदन) लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा रहेको थियो ।
उक्त अधिवेशनले गोपाल सुर्खालीको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । जसमा उप अध्यक्षहरु देवका पौडेल, सुर्य भक्त पौडेल र केहर सिह आले (बादल) सचिब हर्क बहादुर थापा (HB) र सह सचिब पुरुषोत्तम पौडेल कोषाध्यक्ष रेवता सापकोटा लगायत रहेका छन् ।
हालै सम्पन्न स्थानिय तहको उपनिर्वाचनमा आफ्नो पार्टीले राम्रो मत प्राप्त गर्न सकेको र जनतामा अझै यो देशमा केहि राम्रो काम गर्यो भने नेकपा माओवादी केन्द्रले नै गर्छ भन्ने आशा रहेकोले आफु पनि त्यसै अनुसार व्यास नगरपालिकामा माओवादी पार्टीलाई बलियो बनाउन लाग्ने नवनिर्वाचित अध्यक्ष सुर्खालीले बताएका छन् ।








