काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवालाई लक्षित गरी गरिएको प्लेकार्ड प्रदर्शनप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले आपत्ति जनाएको छ । एनआरएनए वेल्जियम महासचिव रुविना शर्माले विज्ञप्ति जारी गरेर नेपाली जनसम्पर्क समिति वेल्जियमको कार्यक्रम सिलसिलामा लुभेन पुगेका बेला परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध बुधबार भएको अशोभनीय घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।
घटनामा संघका उपमहासचिव राजेन्द्र कार्कीको संलग्नतालाई संघको विधान र भावना विपरीत भन्दै उक्त कार्यप्रति खेद प्रकट गरिएको महासचिवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । घटनामा संलग्न व्यक्तिहरुमााथि संघको विधानअनुसार आवश्यक अनुशासनको कारबाही गर्न आग्रह गरिएको छ ।
यस्तै, अनुुमतिविनै निजी व्यवसायमा बाधा पुर्याउने गरी नेपालीद्वारा सञ्चालित रेष्टुरेन्ट अगाडि गरिएको प्रदर्शन अशोभनीय भन्दै भविष्यमा यस्ता घटना हुन नदिनका लागि सबैलाई जिम्मेवार हुन आग्रह गरिएको छ ।
साभारः रातोपाटी








