काठमाडौं । डा. महेन्द्र विष्ट सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका छन् । स्वीकृत भएका १० उम्मेदवारमध्येबाट विष्टलाई अध्यक्षका लागि नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
डा. विष्ट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् । उनले नेपाल टेलिभिजनको अध्यक्ष र न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षको जिम्मेवारीमा रहेर समेत काम गरिसकेका छन् ।
नियुक्ति सिफारिस गर्न गठित सिफारिस समितिले विष्टसहित दीपक पाठक, लक्ष्मण हुमागाईं , चिन्तामणि बराल, सुवोध गौतम, शालिग्राम सुवेदी, रमेशकुमार खड्का, भुवनराज भट्ट, केदारनाथ कोइराला, र अच्युतमकुमार पोखरेललाई सिफारिस गरेको थियो ।








