मादी– मर्स्याङदी करिडोर सडक निर्माणमा ठेकेदारको चरम लापरबाही

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको व्यास र भानु नगरपालिकालाई जोड्ने मादी– मर्स्याङदी करिडोरको सडक निर्माणको कामले अपेक्षित गति लिन सकेको छैन । करिडोरमा डेकेदारको चरम लापरबाहीले अहिलेसम्म ३५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।
करिडोर अन्तर्गत सिस्नेरी, बिर्ता, टुहुरेपसल, रम्घा हुँदै मान्टेहटिया जोड्ने सडक निर्माण कार्य रोकिएको छ महिना पछि पुनः सुरु गरिएको छ । सडक निर्माणको जिम्मा लिएको निर्माण पक्ष सम्पर्क बिहीन भएपछि अहिले सम्पर्कमा ल्याई निर्माण कार्य अघि बढाइएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । बिर्तादेखि मान्टेहटियासम्म साढे ७ किलोमिटर सडक कालोपत्रेका लागि केएस बेवीरमण तेज जेभीले २४ करोड ५५ लाख नौ हजार ५४८ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। ठेकेदारको चरम लापरवाहीका कारण साढे दुई बर्षको अवधिमा मुश्किलले ३५ प्रतिशत भौतिक प्रगति देखाइएको बताइएको छ । उक्त निर्माण कम्पनीले २०८१ असार ३० मा सम्पन्न गर्ने गरी २०७९ असार १६ मा सम्झौता गरेको सडक डिभिजन दमौलीका इन्जिनियर एवं सुचना अधिकारी राजेन्द्र कार्कीले जानकारी दिए । सम्पर्कमा आइ तुरुन्त काम गर्नू नत्र ठेक्का तोड्नेसम्मको पत्रचार गरेपछि निर्माणपक्षले बिर्ता सडक खण्डबाट कालोपत्रे कार्य अघि बढाइएको छ। ‘टायल सेक्सन गर्दा त्यति राम्रो नबसेपछि कलेस्ती–गजौड सडक खण्डमा अहिले कालोपत्रे कार्य रोकिएको छ’, उनले भने, ‘अहिले टुहुरेपसल क्षेत्रमा स्टक्चरको कार्य भइरहेको छ ।’ मौसमले साथ नदिएकाले चैत महिना लागेपछि मात्रै कलेस्ती– गजौड सडक खण्डमा कालोपत्रे कार्य अघि बढाइने सडक डिभिजन दमौलीले जनाएको छ। उक्त करिडोर अन्तर्गत व्यास नगरपालिकाको बैरेनी, कलेस्ती गजौडे बिर्ता हुँदै भानु नगरपालिकाको १०, ११, १२ र १३ लगायतका वडाहरु जोडिनेछ। निर्माण कम्पनीको लापरवाहीका कारण अहिले निर्माण सम्पन्न गर्नुपर्ने समयमा अधुरै रहदा आमनागरिकले सम स्या भोग्नुपरेको भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए । सुगुरेभञ्ज्याङ क्षेत्रमा बनको समस्याका कारण रोकिएको छ भने सुगुरेभञ्ज्याङदेखि यता थानीमाई मन्दिर जाने मार्ग जोड्ने र महन्तेहटियासम्मको बीच भागमा पुल निर्माण गरेपनि निर्माण सम्पन्न नहुँदा सास्ती खेप्नुपरेको उनले बताए । मादी–मर्स्याङदी करिडोर अन्तर्गत पाँचसयफाँट–टुहुरेपसल खण्डका विभिन्न खोलामा निर्माणधीन कल्भर्टमा प्रयोग गरिएको फलमका रडमा खिया लागेर नोक्सान भएको शुक्लागण्डकीमा वडाबाटै योजना सम्झौता स्थानीयले गुनासो गरेका छन् ।
मर्स्याङदी करिडोरको कामले अपेक्षित गति लिन सकेको छैन । करिडोरमा डेकेदारको चरम लापरबाहीले अहिले सम्म ३५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।
करिडोर अन्र्तगत सिस्नेरी, बिर्ता, टुहुरेपसल, रम्घा हुँदै मान्टेहटिया जोड्ने सडक निर्माण कार्य रोकिएको छ महिना पछि पुनः सुरु गरिएको छ । सडक निर्माणको जिम्मा लिएको निर्माण पक्ष सम्पर्क बिहीन भएपछि अहिले सम्पर्कमा ल्याई निर्माण कार्य अघि बढाइएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । बिर्तादेखि मान्टेहटियासम्म साढे ७ किलोमिटर सडक कालोपत्रेका लागि केएस बेवीरमण तेज जेभीले २४ करोड ५५ लाख नौ हजार ५४८ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। ठेकेदारको चरम लापरवाहीका कारण साढे दुई बर्षको अवधिमा मुश्किलले ३५ प्रतिशत भौतिक प्रगति देखाइएको बताइएको छ । उक्त निर्माण कम्पनीले २०८१ असार ३० मा सम्पन्न गर्ने गरी २०७९ असार १६ मा सम्झौता गरेको सडक डिभिजन दमौलीका इन्जिनियर एवं सुचना अधिकारी राजेन्द्र कार्कीले जानकारी दिए । सम्पर्कमा आइ तुरुन्त काम गर्नू नत्र ठेक्का तोड्नेसम्मको पत्रचार गरेपछि निर्माणपक्षले बिर्ता सडक खण्डबाट कालोपत्रे कार्य अघि बढाइएको छ। ‘टायल सेक्सन गर्दा त्यति राम्रो नबसेपछि कलेस्ती–गजौड सडक खण्डमा अहिले कालोपत्रे कार्य रोकिएको छ’, उनले भने, ‘अहिले टुहुरेपसल क्षेत्रमा स्टक्चरको कार्य भइरहेको छ ।’ मौसमले साथ नदिएकाले चैत महिना लागेपछि मात्रै कलेस्ती– गजौड सडक खण्डमा कालोपत्रे कार्य अघि बढाइने सडक डिभिजन दमौलीले जनाएको छ। उक्त करिडोर अन्तर्गत व्यास नगरपालिकाको बैरेनी, कलेस्ती गजौडे बिर्ता हुँदै भानु नगरपालिकाको १०, ११, १२ र १३ लगायतका वडाहरु जोडिनेछ। निर्माण कम्पनीको लापरवाहीका कारण अहिले निर्माण सम्पन्न गर्नुपर्ने समयमा अधुरै रहदा आमनागरिकले सम स्या भोग्नुपरेको छ । सुगुरेभञ्ज्याङ क्षेत्रमा बनको समस्याका कारण रोकिएको छ भने सुगुरेभञ्ज्याङदेखि यता थानीमाई मन्दिर जाने मार्ग जोड्ने र महन्तेहटियासम्मको बीच भागमा पुल निर्माण गरेपनि निर्माण सम्पन्न नहुँदा सास्ती खेप्नुपरेको उनले बताए । मादी–मर्स्याङदी करिडोर अन्तर्गत पाँचसयफाँट–टुहुरेपसल खण्डका विभिन्न खोलामा निर्माणधीन कल्र्भटमा प्रयोग गरिएको फलमका रडमा खिया लाग्नुका साथै स्थानियहरुलाई आवागमनमा अत्याधिक समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।

(रेडियो बन्दिपुर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?