भक्तपुरमा हुलाक कार्यालय खोटाङका नि. कार्यालय प्रमुख र उन्का छोरा मृत फेला

सर्वज्योति
  • ख-
  • ख+

भक्तपुरमा बुवाछोरा मृत फेला परेका छन्।

सोमबार बिहान सूर्यबिनायक नगरपालिका-२ बालकोट फिकाधारास्थित एक घरमा दुई जना मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।

साढे ३ तले पक्की घरको तल्लो तलमा दुई वटा छुट्टाछुट्टै कोठामा उनीहरू मृत फेला परेकाहुन्।

मृत भेटिएका कुलप्रसाद आचार्य जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख रहेको खुलेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय निमित्त कार्यालय प्रमुख आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य आज भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा मृत फेला परेका थिए ।

खोटाङको रूपाकोट मजुवागढी नगरपालिका- १ घर भएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीन आचार्य मृत फेला परेका हुन्।

दुवै कोठा बाहिरबाट ताला लगाइएको थियो। सोही तलामा डेरा गरी बसेका अन्यले प्रहरीलाई खबर गरेपछि प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमीबाट टोली खटिएको थियो।

डिएसपी न्यौपानेका अनुसार उनीहरूमाथि धारिलो हतियार प्रयोग पाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?