तनहुँ । तनहु ऋषिङ-७ का सोन कुमार आले ने. वि.संघ तनहु शेखर समुहको जिल्ला अध्यक्ष चयन चएका छन् । नेपाल विद्यार्थी संघ शेखर समुहका नेताहरुले तनहुँ जिल्लामा विधार्थी भेला गरेर आलेलाई जिल्ला अध्यक्ष चयन गरेको छ ।
नेपाल विधार्थी संघ निवर्तमान केन्द्रिय कोषाध्यक्ष शिव रिमालको प्रमुख आतिथ्यतामा तनहुँ जिल्लाको दमौली मा भएको विद्यार्थी भेलावाट तनहुँका विद्यार्थी नेता आलेलाई भेलाको सर्वसम्मत निर्णयवाट अध्यक्ष चयन गरेको हो ।
यस अघि नेपनल बिद्यार्थी संघ केन्द्रीय समितिबाट टिके प्रथाको शुरुवात गरिएकोले विद्यार्थीहरुको भेलाले आलेलाई चयन गर्न बाध्य भएको भेलाका प्रमुख अतिथि शिव रिमालले बताएका थिए साथै ने .वि. संघको वर्तमान् नेतृत्वले गरेका प्रत्येका गतिविधि विधिविधान विपरित र एकलौटि भएकोले पनि भेला गर्न बाध्य भएको रिमालको भनाई थियो ।
ने. वि. संघ शेखर समुहका नेताहरु निवर्तमान केन्द्रिय कोषाध्यक्ष शिव रिमाल, वर्तमान केन्द्रिय सदस्यहरु प्रमिका राना मगर, धर्मराज शाही, ई. भुवन भट्ट, विक्रमादित्य सिंह, प्रविन कैनि, जगतजंगविष्ट, रविन केसि सहित नेताहरु तनहुँ पुगेर विधार्थी भेला गर्दै जिल्ला अध्यक्ष घोषणा गरेका हुन् ।
भेलाको सर्वसम्मत निर्णय वमोजिम तथा नेपाल विधार्थी संघको विधान २०२७को सातौ संशोधन २०७५ अनुरुप सोन कुमार आलेलाई यथाशिघ्र जिल्ला अधिवेशन गर्ने गरि जिल्ला अध्यक्षको जिम्मेवारि दिएको व्यहोराको पत्र पनि उक्त अवसरमा हस्तान्तरण गरिएको थियो ।
तनहुँ नेपाल विद्यार्थी संघलाई शसक्त बनाउन र विद्यार्थीहरुका पिरमर्काहरुलाई बुलन्द गर्न पनि सोन कुमार आलेलाई नेतृत्व सुम्पन आवश्यक भएकोले भेला सो निर्णय गरेको र सो निर्णय समग्र नेविसंघको लागि अत्यन्तै लाभदायक हुने केन्द्रीय सदस्य प्रविन कैनीले बताएका थिए ।








