नेविसंघ अध्यक्षमाथि भूकम्पको राहत र जय नेपाल कपका नाममा चन्दा उठाएर खाएको शेखर पक्षको आरोप

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका दुई पक्षबीचको विवाद चुलिएको छ । शेखर कोइराला पक्षधर नेविसंघको नेतृत्व गरिरहेकी प्रेमिका राना मगरले अध्यक्ष दुजाङ शेर्पामाथि भुकम्प पीडितको राहतका लागि उठाएको रकम समेत अनियमतता गरेको आरोप लगाएकी छन् ।

 

मगरले शुक्रवार वक्तव्य जारी गर्दै भुकम्पले भत्किएको विद्यालय बनाउने भनेर उठाइएको रकमदेखि जय नेपाल कमको नाममा भइरहेको आर्थिक लेनदेन र चन्दा असुली रोक्न नेतृत्वको ध्यानाकर्षण गराएकी छन् ।

शेर्पा संस्थापन पक्षका हुन् । उनले गरेको एकलौटीविरुद्ध शेखर पक्षधर प्रेमिकाले समानान्तर समितिमार्फत काम गरिरहेकी छन् । प्रेमिकाले शेर्पामाथि भुकम्पले भत्किएको विद्यालय पुननिर्माणका लागि यसअघि संकलित रकमको हिसाबकिताब पारदर्शी रुपमा सार्वजनिक गर्न माग समेत गरेकी छन् ।

वक्तव्यमा नेविसंघको नेतृत्व पार्टीले दिएको कार्यभार पूरा नगरी आर्थिक लेनादेन,चन्दा संकलन र व्यक्तिगत स्वार्थमा लागेको भन्दै कारवाहीको माग समेत गरेकी छन् ।

उनले जय नेपाल कपको नाममा पैसा उठाउन आउने र धाक धम्की दिदने जो कोही व्यक्तिलाई सार्वजनिक बहिस्कार गर्न र स्थानीय प्रशासनमा उजुरी गर्न समेत आग्रह गरेकी छन् ।

प्रेमिकाले अध्यक्ष शेर्पामाथि सरकारी तथा गैरसकारी संघ संस्था,व्यवसायी र विश्वविद्यालयहरुबाट समेत अनैतिकरुपमा पैसा उठाउने काम गरिरहेको आरोप समेत लगाएकी छन् । उनले अध्यक्ष शेर्पाले पैसा उठाउने क्रममा धाक धम्क िदिने,दबाब दिनेजस्ता गतिविधि गरेकोमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएकी छन् ।


साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?