सर्वज्योतिमा प्रकाशित तनहुँका एसपिको समाचार बारे गम्भीर ध्यानाकर्षण

मदन तिमल्सेना
  • ख-
  • ख+

तनहुँ । दमौली मिडिया प्रा.लि. द्वारा संचालित  www.sarbajyoti.com मा मिति २०८१ पुस २० गते प्रकाशित समाचार “घुमुवा प्रहरीका कारण तनहुँका एसपि हैरान: बयानका लागि पोखरा धाउदै” शिर्षकमा चलेका हल्ला प्रति मेरो गम्भीर ध्यान आकर्षण भएको छ । समाचार आफुले तयार गरेको नभई प्रेस काउन्सिल तथा सूचना विभागमा दर्ता भएको www.napelface.com नामक अनलाइन पोर्टलबाट साभार गरेर लिईएकोले त्यस्मा हाम्रो कुनै जिम्मेवारी छैन भने हाम्रो उद्देश्य समाजलाई सुसूचित गराउनु र कानुन व्यवस्थालाई पुर्णतः लागू गराउनु रहेको छ । समाचारमा उल्लेख भएका विभिन्न व्यक्तिहरुसग न मेरो न संस्थाको कुनै व्यक्तिगत रिसईवी नै रहेको छ । हामीले त समाचार साभार गरेको हुनाले उक्त समाचारको बारेमा अझै खोजिनिति गर्ने प्रयास गरेका छौ र गरिरहनेछौ । त्यसैले समाचारको बिषयमा आफ्नो बिचार वा राय राख्न चाहनुहुने सबै महानुभावहरुलाई हामीले अरु श्रोतबाट प्रकाशित समाचारका बारेमा खण्डन प्रतिक्रिया, खण्डन वा आफ्नो राय राख्न चाहनुभएमा सदा स्वागत गरेछौ र त्यस्को लागि हामीलाई सम्पर्क गर्न हुन गर्दैछौ । साथै उक्त समाचार साभार गरेर हालिएकोले समाचारको  श्रोतको बारेमा ख्याल नगरि भ्रमपुर्ण कमेन्टहरु नगर्न पनि अनुरोध गर्दैछौ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?