
दाङ । गोली हानेर साथीको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दंगीशरण( २ कौवाघारीमा प्रेम कुसारीको गोली हानी हत्या गरेको अभियोगमा दंगीशरण- २ कै छविलाल डांगी र पुष्प बस्नेत पक्राउ परेका हुन् ।
छविलाललाई बाँकेको कोहलपुर र पुष्पलाई तुलसीपुर बजारबाट पक्राउ गरिएको हो । माघ ३ गते छविलाल र पुष्पले प्रेमलाई गोली हानेर हत्या गरेका थिए । उनीहरूले गोली हानेर पनि जिंगटको रूखबाट खसेर घाइते भएको बताएका थिए ।
प्रेमको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो ।
नेपाल प्रेस