वरिष्ठ लोकगायक प्रेमराजा महत तनहुँ महोत्सवमा सम्मानित

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीमा जन्मनु भएका वरिष्ठ लोक दोहोरी गायक प्रेमराजा महत आफ्नो जन्मभूमी तनहुँमा सम्मानित हुन भएको छ ।
नवौ तनहुँ महोत्सव मुल समारोह समितिले शनिबार दमौलीमा सम्मान गरेको हो । गायक महतलाई गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, महोत्सव मुल समारोह समितिका संयोजक तथा तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठ नाथ, मिश्र महोत्सवका निर्देशक पविन्द्रकुमार श्रेष्ठ, प्रवक्ता सुवोध अधिकारीले सयुक्त रुपमा सम्मान गर्नुभयो । गायक महतलाई दोसल्ला ओडाएर र कदरपत्र प्रदान गरि सम्मान गरिएको हो । लोकगीत प्रवद्धनमा देश विदेशमा पु¥याउनु भएको योगदानको कदर गर्दै गायक महतलाई सम्मान गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ ।
नवौ तनहुँ महोत्सवमा तनहुँमै जन्मिएका गायक प्रेमराजा महत गायिका शिला आलेले दर्शक नचाएका छन् ।
गायक महतले बाँझो खेतमा, माया भेटियो बन्दीपुरैमा बोलको गीतका दर्शक खुब रमाएर नाचे । महोत्सवमा शिला आलेले गोरखा कालिका, जोखौं तुलो, मलाई पनि लैजाउन निरमाया तिमी बस्ने सहरैमा ….बोलका गीतले दर्शक नचाउनु भएको थियो । साँझ ५ः३० बजे रचना रिमालले आफ्नो लोकप्रिय गीतहरु फोटो फिरिम, टन्न पैसा कमाउँला, तिम्रो घरमा मेरो छोरी, मिनरल वाटर लगायका प्रस्तुत गरेर दर्शक मन्त्रमुग्ध पार्नु भएको थिाये र प्रकाश दुतराजको त्यसैगरी गायक श्याम राना, इन्सल सन्जाल, गायक रमेश श्रेष्ठ मेलोडीको प्रस्तुतिले दर्शक रमाएका थिए ।
तनहुँ महोत्सवमा ७० हजार दर्शकले अवलोकन गरे
यसैगरी नवौ तनहुँ महोत्सवमा शनिबार दर्शकको भीड लागेको छ । शनिबार सार्वजानिक बिदा भएकोे करीव दश हजार दर्शकले महोत्सवको अवलोकन गरेको तनहुँ उद्योग वाणिज्य सङ्घका महासचिव तथा महोत्सवका प्रवक्ता सुवोध अधिकारीले जानकारी दिनुभयो । दशौं शनिबार सम्ममा ७० हजार दर्शकले अवलोकन गरेको र दुई करोड ७० लाखको आर्थिक कारोबार भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
आइतबार शर्मा,कार्की र परियारले दर्शक नचाउने
यसै गरी नवौ तनहुँ महोत्सवमा आइतबार चर्चित गायक तथा गायिकाको प्रस्तुति हुने भएको छ । गायक तथा गायिकाहरु हेमन्त शर्मा, राजन कार्की र शान्ति रानी परियार लगायतको प्रस्तुति हुने राष्ट्रिय कलाकार संयोजक महेशकुमार मल्लले जानकारी दिनुभयो ।!

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?