भीम रावललाई साथ दिने भन्दै एमालेका ५९ जनाको नाममा विज्ञप्ति जारी

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेकपा एमालेका ५९ जना नेता–कार्यकर्ता डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति निकालेर रावलको साथ रोजेको जानकारी गराएका छन् ।

विज्ञप्तिमा नेकपा एमाले केन्द्रीय पर्यटन विभाग सदस्य रमेश बहादुर कुँवर, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु चक्र रावल, जंग वि.क., केशर मियाँ, निर्मला रावललगायतको नाम छ ।

अनुशासन उल्लंघन गरेको भन्दै रावललाई एमालेको २०८१ पुस १० गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरेको थियो ।

रावलको पक्षमा खुलेकाहरुले यो निर्णय ‘स्वेच्छाचारी’ र एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘सत्ता उन्मादी’ भनेर आलोचना गरेका छन् ।

sadasya

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?