तनहुँ । तनहुँ व्यास नगरपालिका वडा नं. १२ तल्लो छिर्कन मोटरसाईकल दुर्घटनामा मृत्यु हुने २ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेहरुमा जिल्ला तनहुँ ऋषिङ गाँउपालिका वडा नं. ६ चालिसे घर भई हाल व्यास ब्यास नगरपालिका वडा नं. ५ पाटन बस्ने वर्ष अन्दाजी १९ बर्षको सन्दिप आले उक्त स्थानकै ४० की मधु माया आले भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिएका छन् ।
आज बिहान करिब ८ः २० बजेको समयमा तनहुँको व्यास १२ तल्लो छिर्कन स्थित पृथ्वीराजमार्ग सडक खण्डमा दमौलीबाट डुम्रे तर्फ जादै गरेको ग. प्र. ००३-००१ प ०३१० नं. को मोटरसाईकल अचानक आफै अनियन्त्रित भई सडकको बाँया साईडको कल्भर्टमा ठोकिन गई दुर्घटना निजहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिएका छन् साथै घटना स्थलमा नै मृत्यु भएको, सो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिएका छन्।








