दमौली अस्पतालले कृषि ज्ञान र भेटेरिनरी अस्पतालको जग्गा उपभोगको लागि बाटो खुल्यो

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । लामो समयदेखि जग्गा प्राप्तिको लागि अनेकौ प्रयास गरेको दमौली अस्पतालले जग्गा प्राप्त गर्न सक्ने बाटो खुलेको छ । स्वास्थ्यमन्त्री प्रदिप पौडेल अस्पताल अवलोकनका क्रममा आउदा राखिएको माग बमोजिम दमौली अस्पतालसगै जोडिएको कृषि ज्ञान र भेटेरिनरी अस्पतालको जग्गा दमौली अस्पताललाई उपभोगको लागि दिन कृषि मन्त्रालय सहमत भएसगै दमौली अस्पतालले ति कार्यालयहरुले चर्चेको ३ रोपनी ५ आना जग्गा उपभोग गर्न सक्ने बाटो खुलेको हो ।
कृषि मन्त्रालयले कृषि ज्ञान र भेटेरिनरी अस्पतालको जग्गा दमौली अस्पताललाई उपभोगको लागि दिने स्विकृति दिएपछि स्वास्थ्य मन्त्रालयले उक्त सहमतिसहित गण्डकी प्रदेशमा पत्र पठाउने प्रस्ताव स्वास्थ्यमन्त्री प्रदिप पौडेलले सदर गरेका छन् । अब गण्डकी प्रदेशको क्याविनेटले उत्तः प्रस्ताव स्विकृति गरेपछि नेपाल सरकारको मन्त्री स्तरिय निर्णयबाट उक्त जग्गा
दमौली अस्पतालले उपभोग गर्न पाउने भएकोछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?