
तनहुँ । णतनहुँकाे भानुमा मानव कंकाल भेटिएकाे छ । शव निकै सडेगलेकाे अवस्थामा गत आईतवार भेटिएकाे हाे । तनहुँकाे भानु नगरपालिका वडा नं. ५ नेपालडाँडा सिद्धबाबा सामुदायिक वन स्थित नाब्रुङ कालीमाटी खोल्सामा नामथर ठेगाना , उमेर नखुलेको शरीरको मासु सडी गलेको अवस्थामा बेवारिसे मानिसको शव फेला परेको थियाे । उक्त शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उचाई ५ फुट ४ ईन्च उचाई भएकाे , टाउको, अनुहार, तथा कम्मर भन्दा माथिको शरीरको छाला तथा मासुको भाग सडी गलेको, हड्डी मात्र देखिएको, शरीरको माथिको भागमा रातो रंगको फुल बाउला भएको टिसर्ट लगाएको, तलको भागमा कालो पाईन्ट, पहेंलो बक्कल सहितको कालो बेल्ट लगाएको, दाहिने खुट्टाको तिघ्रामा हरियो ट्याटु खोपेको जस्तो देखिने यकिन नामथर वतन उमेर र महिला, पुरूष छुट्याउन नसकिने अवस्थामा रहेको मानिसकाे कंकाल भेटिएकाे ईलाका प्रहरी कार्यालय भानुका प्रमुख प्रहरी निरीक्षक दिपक कुँवरले जानकारी दिनुभयाे ।
सूचना प्राप्त भए पछि ईलाका प्रहरी कार्यालयबाट प्रहरी प्रमुख प्रहरी.निरीक्षक दिपक कुँवर सहितको टाेली घटनास्थल पुग्दा शव सडे गलेकाेले महिला पुरूष छुट्याउन नसकिने अवस्थामा बेवारिसे शवलाई तत्काल स्थानिय जनप्रतिनिधि समेत अन्य उपस्थित व्यक्तिहरूको रोहवरमा घटनास्थल लास जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शवलाई पोष्टमार्टमको लागि दमौली अस्पतालको शव गृहमा सुरक्षित राखिएकाे प्रहरीले जनाएकाे छ ।