१७ महिनाका भतिजलाई उपचार गर्न लिएर आएका एक युवक अस्पतालको शौचालयमा मृत भेटिए

सर्वज्योति
  • ख-
  • ख+

कैलाली । १७ महिनाको बालकलाई उपचार गर्न लिएर आएका एक युवक अस्पतालको शौचालयमा मृत फेला परेका छन् ।

धनगढीस्थित नोभा हस्पिटलको शौचालयमा कञ्चनपुरको वेदकोट नगरपालिका-६ सिसैयाका रवीन्द्र राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कवीन्द्र सिंह बोहराले जानकारी दिए ।

प्रहरीका अनुसार बुधवार राति २ बजेतिर अस्पतालको शौचालयमा लडेको अवस्थामा उनी मृत भेटिएका थिए ।

१७ महिनाका भतिजा दिभान रानालाई उपचार गर्न आएका र आफै कुरुवा बसेका राना शौचालयमा मृत अवस्थामा फेला परेको घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

शौचालय गएका युवक धेरै बेरसम्म नफर्किएपछि अस्पतालका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?