रवि लामिछानेसग चितवन अदालतले माग्यो ५४ लाख धरौटी

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । चितवन जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग धरौटी मागेको छ । अदालतका न्यायाधीश दयाराम ढकालले ५४ लाख धरौटी लिएर रिहा गर्ने आदेश दिएका हुन् ।

चितवनले मागेको धरौटी रकम यसअघिका तीन जिल्ला अदालतले मागेको भन्दा न्यून हो । यद्यपि, यो निर्णयमा रवि र उनको पार्टी सन्तुष्ट छैनन् ।

रविका वकिलहरुले साधारण तारेखमा छोड्न माग गरेका थिए । चितवन अदालतले पनि अघिल्ला अदालतहरुकै भाका दोहोर्याउँदै अहिले नै निर्दोष भन्न नमिल्ने बताएको छ ।
साहारा सहकारीको रकम ठगी मुद्दाको थुनछेक बहसछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश दिएको हो । योसँगै रविको धरौटीको श्रृंखला यो चौथो हो ।

नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?