मानव बेचबिखन र ठगीमा अछामका कांग्रेस क्षेत्रीय सभापति काठमाडौंबाट पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । मानव तस्करी तथा ठगीको अभियोगमा नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ प्रदेशसभा (क) निर्वाचन क्षेत्रीय सभापति ताराप्रसाद खनाल पक्राउ परेका छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको महाराजगञ्जले पक्राउ गरेको एसएसपी दिपेन्द्र जिसीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनको साथबाट २ करोड ७० लाखको चेक समेत बरामद भएको छ । विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ । पीडितहरुको जाहेरीका आधारमा पक्राउ गरिएको जिसीले बताए ।

साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?