महिला साथीसँग होटलमा गएका ३० बर्षिय युवकको राति करिब साढे १ बजे मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । झापाको बिर्तामोड नगरपालिका-४ स्थित एभरेस्ट होटल एन्ड लजमा बेहोस अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-१ का ३० वर्षीय सागर बेस्रा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बेस्रा गएराति एकजना महिला साथीसँग उक्त होटलमा गएका थिए । राति सुतेको कोठाभित्रको बाथरुममा लडेर बेहोस बेस्रा बेहोस भएका थिए । राति करिब साढे १ बजेको समयमा उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले होटल सञ्चालक र बेस्रासँग होटलमा गएकी युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।
साभारः अनलाईन खबर

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?