पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पाेखरा आउने

सर्वज्योति
  • ख-
  • ख+

पाेखरा । पूर्वराजा ज्ञानेन्द्र शाह माघ २७ गते आइतबार पाेखरा आउने भएका छन् । पाेखरामा पूर्वराजाकाे बसाइ  झण्डै तीनकाे हप्ता लामाे हुने बताइएकाे छ । उनकाे याे भ्रमण बारेका थप विवरणहरु सार्वजनिक हुन बाँकी छ ।

पश्चिम नेपालका जनताकाे पीर मर्का बुझ्न भन्दै भैरहवामा पुगेका पूर्वराजा ज्ञानेन्द्र आइतबार दिउसाे विमानमार्फत पाेखरा आउने  भएका हुन् । एकसाता अघि पूर्वराजाले भारतको गोरखपुर पुगेर गोरखनाथको पूजाअर्चना गरेका थिए ।

आइतबार पाेखरा झरेपछि उनी  विरेन्द्रचाेक पुगेर राजा विरेन्द्रकाे शालिकमा पुष्पगुच्छा चढाउने बताइएकाे छ ।  उनलाई पाेखरामा स्वागत गर्नका लागि नागरिक स्तरमा तयारी थालिएकाे छ ।

पूर्वराजाकाे स्वागतका लागि १ हजार १ सय ११ सदस्यीय स्वागत समिति गठन गर्न लागिएकाे हाे । त्यसका लागि बिहीबार राजवादी तथा शुभेच्छुकहरु छलफलमा जुटेका थिए ।

आज शुक्रबार पुन छलफल गरेर समिति गठन सहितका कार्यक्रम तय गरिने साे भेलाका एक सहभागीले जानकारी दिए । समितिमा राजनीतिक, समाजिक, सा‌स्कृतिक सहितका विभिन्न क्षेत्रका व्यक्ति रहने बताइएकाे छ । पाेखरा रहँदा पूर्वराजाकाे नागरिक अभिनन्दन गर्न पनि राजावादी र शुभेच्छुकहरु जुटेका छन् । त्यसकाे तयारी स्वरुप समेत विभिन्न भेला समेत आयाेजन भइरहेका छन् ।

यसैवीच बिहीवार पूर्वराजाले रुपन्देहीको शुद्वोधनमा रहेको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना गरेका छन् । केही समयदेखि भैरहवामा रहदै आएका पूर्वराजाले शुद्वोधन गाउपालिका पाँचको शित्तलपाटीमा रहेको मन्दिरमा पत्नी कोमल र परिवारका सदस्यका साथ पुगेर पूजाअर्चना गरेका हुन ।

पूर्वराजालाई सुबेच्छुक र सर्वसाधारणले भब्य स्वागत तथा अभिनन्दन गरेका थिए । उनले  मन्दिर दर्शन गर्न जाँदा स्थानीयसँग भलाकुसारी समेत गरेका थिए । पूर्वराजालाई स्वागत गर्दै स्थानीयले मुलुकमा राजसंस्था अझै आवश्यक रहेको बताएका छन् ।

त्यसअघि उनले कपिलबस्तु र रुपन्देहीका शक्तिपीठमा पनि पूजाअर्चना गर्नुका साथै स्थानीयसँग भलाकुसारी गरेका थिए । तराई मधेस क्षेत्रको भ्रमणका क्रममा पूर्वराजाले धार्मिक स्थलको भ्रमण गर्ने गरेका छन । साथै उनले नागरिकका समस्याबारे जानकारी समेत लिने गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?