काठमाडौं । धरान उपमहानगरपालिका प्रमख हर्क साम्पाङले कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माविरुद्ध अख्तियारमा उजुरी दिएका छन्।
पूर्वमन्त्री समेत रहेका विश्वकर्माले एक टेलिभिजनसँगको अन्तर्वार्तामा धरान खानेपानी योजनाको बिषयमा बोलेको बिषयलाई लिएर छानविन गरि दोषी देखिएका कारवाही गर्न माग गरेका हुन्। विश्वकर्माले एक टीभी अन्तर्वार्तामा एडीबीबाट ऋण र अनुदानमार्फत १ अर्ब ५० करोड रुपैयाँ ल्याएर धरानमा खानेपानी योजना सञ्चालन गरेको बताए पनि उपमहानरको लेखा शाखाले १ अर्ब २८ करोड ६ लाख ७५ हजार ६२१ रुपैयाँ मात्रै खर्च गरेको साम्पाङको उजुरीमा छ ।
बाँकी २१ करोड ९३ लाख २४ हजार ३७९ रुपैयाँ के, कसरी, कहाँ खर्च भयो त्यसको हिसाब विश्वकर्माले दिनुपर्ने साम्पाङको माग छ । हिसाब नदेखाएमा कानुन बमोजिम कारबाही गर्न भन्दै उनले अख्तियारमा उजुरी दिएका हुन् ।
उनले अनुसन्धान गर्नको लागि दबाब दिन सबैलाई आग्रह गरेका छन्।

साभारः नेपाल प्रेस








