सुजाताको घोषणा- अब कांग्रेसको सभापति र प्रधानमन्त्री शेखर कोइराला, देउवा पूर्ण असफल

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले अहिले देश एमालेले हाँकिरहेको र कांग्रेस स्याडोमा परेको बताएकी छन् ।

‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा आफ्नो भनाइ राख्दै उनले अहिलेका सभापति शेरबहादुर देउवाको कुनै विचार नै नभएको र पूर्णरूपमा असफल भएको टिप्पणी गरिन् । सुजाता गिरिजाकी पुत्री हुन् ।

आफू एउटा कुरामात्रै भन्ने भन्दै उनले देउवाले कांग्रेस हाँक्न नसक्ने निचोड सुनाइन् । उनले अब कांग्रेसको सभापति र प्रधानमन्त्री शेखर कोइराला हुने घोषणा गर्दै आफ्नो पूर्ण समर्थन हुने बताइन् ।
साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?