वडा अध्यक्षद्धारा कुटिएका बन्दीपुर ६ का वडा सचिवको चितवनमा उपचार हुदै

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । बन्दीपुर गाउँ पालिका वडा नम्बर ६ का वडा अध्यक्ष बल बहादुर गुरुङद्धारा कुटिएका वडाका सचिव नविन भुषालको चितवनमा उपचार हुदैछ । सोमबार बिहान वडा अध्यक्ष गुरुङले सोही वडाका सचिव नवीन भुषाललाई कार्यकक्षमा कुटपिट गरेका थिए ।कुटपिटबाट घाइते सचिव भुषाललाई बन्दीपुर अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचार र परिक्षणको लागि सोमबार सांझ चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो । वडा अध्यक्ष गुरुङलाई भने सोमवार नै प्रहरीले नियन्त्रणमा लिएको छ । सचिवको स्वास्थ्य अवस्था र घटनाको बारेमा जानकारी लिन सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन । बन्दिपुर गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत यादव राज आचार्यका अनुसार बिरामीको उपचारका भईरहेको र उहाँका परिवारका सदस्यहरु अस्पातलमा आईपुगेको जानकारी दिएका छन् । त्यसैगरि नेपाल निजामति कर्मचारी संगठन तनहुँका अध्यक्ष भगवान त्रिपाठीका अनुसार बिरामीको शारिरिक अवस्था ठिक हुदै आएको आफु बिरामीसगै जाने व्यक्तिहरुसग जानकारी लिएको र वडा अध्यक्षले वडा सचिवमाथि विभिन्न आरोप लगाउदै हात हालेको स्विकार गरेपनि हातपात गर्नु गलत क्रियाकलाप भएकोले गाउँपालिकाले कर्मचारीलाई काम गर्ने वातावरण बनाउनुपर्ने आफुहरुले माग राखेको बताएको छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?