वडा सचिव कुटपिट प्रकरणमा बन्दीपुर ६ का वडाध्यक्ष गुरुङलाई १० हिरासतमा राख्न अनुमति

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । वडा सचिवलाई कुटपिट गरी घाइते बनाएको आरोपमा पक्राउ परेका तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई तनहुँ जिल्ला अदालतले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। पीडितले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत आरोपित वडाध्यक्षको विरुद्धमा तनहुँ प्रहरीमा मंगलबार जाहेरी दिएका थिए। तनहुँ प्रहरीले मंगलबार आरोपित गुरुङविरुद्ध जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारको मुद्दा दर्ता गरी १० दिनका लागि हिरासतमा राख्न म्याद लिएको छ। बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष गुरुङले सोमबार बिहान सोही वडाका सचिव नवीन भुषाललाई कार्यकक्षमै कुटपिट गरेको घटनाले देशव्यापी चर्चा पाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?