भारतमा उच्चस्तरीय भेटघाट नहुने भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाको भारत जाने कार्यक्रम रद्द

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम रद्द भएको छ ।

यसअघि बिहीबार भारत जाने कार्यक्रम तय भए पनि स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

भारतीय स्रोतका अनुसार भारतमा कुनै उच्चस्तरीय भेटघाट नहुने देखेपछि अन्तिममा आएर देउवाले यो कार्यक्रम स्थगित गरेका हुन् । हिजो रातिसम्म इन्डिया फाउन्डेसनले नेपालका पूर्वप्रधानमन्त्री कुम्ब ग्लोबल समिट कार्यक्रममा आउँदैछन् भनी प्रचारप्रसार गरेका थियो ।

‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलिटी’ को वक्ताका रूपमा सहभागी हुन देउवा त्यसतर्फ जाने तयारीमा थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?