चौथो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सव फागुन २१ देखि चैत्र ३ सम्म हुने

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको ड्म्रेमा हुन लागेको चौथो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सव फागुन २१ गतेदेखि चैत्र ३ गतेसम्म हुने भएको छ । उक्त कुराको जानकारी आज एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईयो । “व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने मुल नारा सहित आगामी फागुन २१ गतेदेखि चैत्र ३ गतेसम्म महोत्सव हुने उक्त अवसरमा जानकारी दिईएको थियो । तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजना र तनहुँ उद्योग वाणिज्य संघको संरक्षकत्वमा हुन लागेको महोत्सवले आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उक्त पत्रकार सम्मेलनमा जानकारी दिईएको थिाये ।
तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइका सभापति हेम लाल भि.के. को सभापतित्वमा भएको कार्यक्रममा भानु नगरपालिकाका नगर प्रमुख आनन्द त्रिपाठी, बन्दिपुर गाउँपालिकाकी उपाध्यक्ष पन्चमाया गुरुगं, बन्दिपुर गाउँपालिका वडा नं. १ का अध्यक्ष शिवकुमार श्रेष्ठ, महोत्सवका निर्देशक घनश्याम देवान श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका महासचिव एवं महोत्सवका प्रवक्ता .सुबोध अधिकारी, महोत्सवका सह निर्देशक सुनिल श्रेष्ठ, महलिा उद्यमी सभापति रोशनी श्रेष्ठ, लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
महोत्सवमा कृषि अन्तर्गत यस क्षेत्रको कला, संस्कृति, कृषि, पर्यटन प्रर्वदन गरि महोत्सव मार्फत यसक्षेत्रको धार्मिक एवं ऐतिहासिक स्थलको परिचय गराउने लक्ष्य लिईएको बताईएको थियो ।
तनहुँ, लमजुगं र गोरखा जिल्लाको व्यापारिक केन्द्र रहेको डुम्रेबजारको मौलिकता र व्यापारलाई यस महोत्सवले अझ पहिचान दिनुपर्ने उक्त पत्रकार सम्मेलनमा सहभागीहरुको धारणा रहेको थियो महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल लगाएत करिब १ सय वटा स्टल रहने, कृषि अन्तर्गत कृषि उपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनीलाई बिशेष महत्व दिईने, प्रसिद्ध सिद्ध गुफा , संचालनमा आउन लागेको केवल कार र र्याफ्टिगंलाई पनि प्राथमिकता दिदै
रमाईलो मेला,मनोरञ्जनात्मक कार्यक्रमहरू सहित राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहने उक्त अवसरमा जानकारी दिईएको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?