महाकुम्भबाट फर्किने क्रममा गोरखपुरमा गाडी दुर्घटना, सप्तरीका चार जनाको मृत्यु, सात घाइते

सर्वज्योति
  • ख-
  • ख+

जनकपुरधाम । महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।
नम्बर खुल्न नसकेको स्कार्पियो शुक्रबार अबेर राति भारतको यूपी राज्यअन्तर्गत गोरखपुर लिंक रोडमा उक्त दुर्घटना भएको हो । ट्रयाक्टरको पछाडिको ट्रलीमा स्कारर्पियो ठोक्किएर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा सप्तरीको कंचनरूप नगरपालिका ७ की लिलावती चौधरी र परसुराम चौधरी र वडा नम्बर ५ की हरिहर देवीको मृत्यु भएको छ । मृतक एकजनाको नाम खुल्न नसकेपनि उनी सप्तरीकै रहेको बुझिएको छ ।
उनीहरु स्कार्पियोमा सवार थिए । सोही गाडीमा सवार उपेन्द्र यादव, लालू देवी, जीतू यादव र मुकेया यादवसहित ७ जना घाइते भएका छन् । उनीहरुलाई प्रहरीले जिल्ला अस्पताल पठाएको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।
साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?