रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निहत्था नागरिकको हत्या गर्ने माओवादीको जनयुद्ध नभएर धनयुद्ध भएको बताएका छन् ।
माओवादीले आफ्नो आधार इलाका मान्दै आएको रोल्पामा नेपाली कांग्रेसको दोस्रो जिम्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादीको हतियारको राजनीतिलाई धनयुद्ध र व्यक्तिहत्याको राजनीति भनेका छन्।
उनले माओवादीले गरेको हतियारको राजनीति नेपाली जनताका लागि नभएको र यसले धेरै संकट निम्त्याएको बताए। थापाले माओवादीले नागरिकहरूको हत्या गरेको र यो कुनै पनि हालतमा जनयुद्ध नभई धनयुद्ध र व्यक्तिहत्याको राजनीति मात्र भएको दाबी गरे।
‘माओवादीले गरेको हतियारको राजनीति नेपालीका लागि थिएन, कुनै माओवादीले हतियार उठाउनुको कारणबारे स्पष्ट जवाफ दिन सकेको छैन । हतियारको राजनीति कांग्रेसले पनि गरेको थियो, सर्वसाधारणमाथि कांग्रेसले कहिले तारो बनाएन तर माओवादीले धेरै निहत्या माओवादी मारेर छाड्यो, व्यक्ति हत्याको लामो श्रृंखला चल्यो नेपाली कांग्रेसले कहिले त्यसको पक्षमा साथ दिने छैन ।’
उनले भने ‘सारा देशमा माओवादीको हतियारको राजनीतिले धेरै संकट बनाएकोले कांग्रेसले हिंसालाई टुंगो लगाउन नेतृत्व लिएको हो, शान्ति प्रकृयामा नेतृत्व गरेको हो ।’ महामन्त्री थापाले भने–‘व्यक्ति हत्याको युद्ध कुनैपनि हालतमा जनयुद्ध थिएन, धनयुद्ध थियो, त्यो माओवादीको सबै कामले प्रष्ट देखाएको हो, मैले प्रचण्डकै अगाडि भनेको छ ।’
उनले नेपाली कांग्रेसले शान्ति प्रक्रियामा नेतृत्व गरेको र हिंसालाई टुंगो लगाउने प्रयास गरेको बताए। थापाले माओवादीले गरेको हतियारको राजनीतिले देशमा धेरै समस्या सिर्जना गरेको र यसले नागरिकहरूमा छटपटि निम्त्याएको बताए। उनले संविधान बनेपछि पनि केही राजनीतिक ताकतहरूले गलत प्रचार गरेको आरोप लगाए।
‘उत्तेजनाको राजनीति गर्न सजिलो छ तर चेतनाको राजनीति गर्न गाह्रो छ । हामी चेतनाको राजनीति गर्ने हो, नेपाली कांग्रेसले चेतनाको राजनीति गरिरहेको छ । उत्तेजनाको राजनीति गर्नेहरु एकछिनको प्रचारमा सीमित हुन्छन् ।’ उनले भने–‘अब निराशको राजनीति मात्रै नगरौं, पछिल्लो समय धेरै विकासका काम भएका छन्, सोचेजस्तो र चाहेजस्तो भएको छैन तर केही भएन भनेर सबैलाई निराशा बनाउने काम बन्द गरौं, नेपाली कांग्रेसले प्रजातन्त्रबहालीपछि भएका सरकारको नेतृत्वमा गरेका महत्वपूर्ण कामको विषय आमनागरिकसमक्ष पुराउन जरुरी छ । शान्तिप्रकृया टुंगाउने काम र संविधानलाई पूर्णता दिने कामको नेतृत्व कांग्रेसले गरेको हो ।’
थापाले नेपाली कांग्रेसले प्रजातन्त्र बहालीपछि गरेका महत्वपूर्ण कामहरूको बारेमा जनतालाई जानकारी दिन आवश्यक रहेको बताए। उनले कांग्रेसले शान्ति प्रक्रियालाई टुंगो लगाउने र संविधानलाई पूर्णता दिने काममा नेतृत्व गरेको दाबी गरे।
थापाले माओवादी नेतृत्वकर्ता प्रचण्डले धेरै चकचक गरेकै कारण यस्तो अवस्था आएको बताए। उनले प्रचण्डको कारणले कांग्रेस र एमाले मिल्न बाध्य भएको बताए। थापाले अब २०८४ साल अघि कांग्रेसले कुनै उपद्रो नगर्ने र प्रधानमन्त्री केपी ओलीले सहमति कायम गर्ने विश्वास व्यक्त गरे।‘प्रचण्ड धेरै चकचक गरेकै कारण यस्तो अवस्था आएको हो, उहाँकै कारणले कांग्रेस एमाले मिलेर जान बाध्य भएका हुन् ।
आजित भएका कांग्रेस एमाले बाध्य भएर मिलेका हुन बीचमा खेल्न नखोजे हुन्छ । अब ०८४ अघि हाम्रो तर्फबाट कुनै उपद्रो हुँदैन, जुनदिनसम्म केपी ओली प्रधानमन्त्री रहनुहुन्छ त्यो बेलासम्म केही गर्दैनौं त्यसपछि एमालेले सहमति कायम गर्छभन्नेमा विश्वत छौं । बाँकी समय गठबन्धनमा केही समस्या हुने देख्दैन’ थापाले भने–‘कांग्रेसले कुनै समस्या पार्दैन सबै साथीहरु ढुक्क भएर लाग्नुस, स्थानीय, प्रदेश र संघीय सरकारमा रहेका साथीहरुले त्यहीअनुसार काम गर्नुस्, पार्टीका साथीहरुले पनि त्यसमा साथ दिनुस् ।’
कांग्रेस नेता थापाले प्रदेश खारेज गर्ने बहस नेपाली कांग्रेसले अगाडि बढाउन नहुने बताए । उनले भने–‘प्रदेश खारेजको अभियान रोल्पाले सबैभन्दा धेरै गुमाउनुपर्छ यो कांग्रेसले भन्ने विषय होइन, खर्च घटाउन संघका धेरै मन्त्रालय छन् अन्य धेरै खर्चका विषय काट्नुपर्दछ, प्रदेश खारेज गरेर होइन जिम्मेवारीअनुसारको काम गरौं ।’
नेता थापाले अहिले बढेको निराशालाई चिर्न शक्तिशाली सम्पति छानविन आयोग बनाएर जानुपर्ने बताए ।‘बहुदल आएयताका सबैको छानविन गरौं, गलत कुरा छानविन गरौं, दोषीलाई कारबाही चलाऔं, कुनै पार्टीमा भएमा कारण दोषी जोगिन नपाउने बनाऔं ।’
थापाले अहिलेको गठबन्धन यस्तै बढेको निराशालाई चिर्न भएको र अब यसबाटै निकास खोज्ने बताए । ‘अब संविधान बनेको छ तर नागरिकमा छटपटि छ, पूर्वराजा र केही नया राजनीति गरेको भनेकाहरुले गलत प्रचार गरेका छन् । ’ उनले भने–‘गएको चुनावमा माओवादीसँग गठबन्धन गरेकै हौं तर नतिजापछि माओवादीले नै बैमान गरेको हो, म त चुनावअघि नै गठबन्धन गर्नुहुँदैन भन्ने पक्षको मान्छे हो तर पार्टीले निर्णय गरेपछि पालना गरियो ।
अहिले सरकारको विरोध गर्नेहरुप्रति संकेत गर्दै नेता थापाले केही भएन भन्ने गलत प्रचारलाई चिर्न जरुरी भएको जनाए । उनले पार्टीको नेतृत्व र विभिन्न जिम्मेवारीमा बस्ने चाहना हुनुलाई सकारात्मक मान्नुपर्ने तर अरुसँग मिलेर पार्टीविरुद्ध अन्तरघात गर्नेहरुलाई समयमै ठेगान लगाउनुपर्ने बताए ।
थापाले नेपाली कांग्रेसले समस्याको समाधानमा ध्यान दिनुपर्ने र समस्या देखाउन मात्र नभई समाधानको उपायसहित देखाउनुपर्ने बताए। उनले पर्यटन वर्षमा ध्यान दिनुपर्ने र रणनीतिका साथ पर्यटन प्रवर्धन गर्नुपर्ने आवश्यकता बताए। थापाले काशीमा नुहाउनुभन्दा मुक्तिनाथमा नुहाउनु ठूलो पुण्य हुने भन्ने प्रचार गर्नुपर्ने बताए।
‘म पनि काशी गएर आएँ अब काशीमा नुहाएभन्दा ठूलो मुक्तिनाथमा नुहाए ठूलो पूण्य हुन्छ भनेर प्रचार गरौं । हामीले पर्यटन वर्ष सिंगो टीम लागेर गर्दा ८ लाख जुटायौं तर काशीमा एकैदिन ६० लाख गए, अब हामीले रणनीतिका साथ पर्यटन प्रवर्धनमा ध्यान दिऔं’ उनले भने ।
नेपाल प्रेस








