नेविसंघ मोरङका देउवा निकटले कुटे शेखर पक्षका जिल्ला सभापति

सर्वज्योति
  • ख-
  • ख+

विराटनगर । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेललाई नेविसंघकै नेता–कार्यकर्ताले कुटेका छन् ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष जसवन्त पौडेलको नेतृत्वमा नेविसंघ जिल्ला सभापति पोखरेलमाथि कुटपिट भएको हो ।

बिहीबार दिउँसो क्याम्पस परिसरमै पोखरेल कुटिएका हुन् । कुट्ने र कुटाइ खाने दुवै नेविसंघकै नेता हुन् । तर, उनीहरूको गुट फरक छ ।

कुट्ने स्ववियु सभापति पौडेल कांग्रेस संस्थापन पक्ष र कुटिने पोखरेल डा। शेखर कोइराला पक्षका हुन् ।

नेविसंघ स्रोतका अनुसार पोखरेल आसन्न स्ववियु चुनावको तयारीको क्रममा संगठन विस्तारका लागि कलेजमा पुगेका थिए । सोही क्रममा पौडेल पक्षका विद्यार्थीहरूले उनलाई रोकेका थिए । त्यसक्रममा भनाभन भएपछि स्ववियु सभापति पौडेलसहितको समूहले पोखरेललाई लछारपछार पार्दै कुटपिट गरेको हो ।

पोखरेललाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?