तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा दोश्रोे ग्याग्दे गाउँपालिका अध्यक्ष कप २०८१ अन्तर्गतको गण्डकी प्रदेश स्तरिय नकआउट फुटवल प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगिताको आज एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्धघाटन गरेका छन् । उक्त फुटवल प्रतियोगिता उद्धघाटन कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृट नारायण प्रसाद अधिकारी, वडा अध्यषहरु मणिभद्र अधिकारी, बसन्त श्रेष्ठ, हिरा बहादुर गुरुगं, शिव बहादुर आले , दिपक श्रेष्ठ, कार्यपालिका सदस्य जानकी थापा लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
खेलाडीहरुको उत्पादनमा उर्वर भुमी रहेको म्याग्दे गाउँपालिकालाई देशभर चिनाउने लक्ष्यका साथ आयोजना गरिएको प्रतियोगिताको उद्धघाटन सत्रको तनहुँको शुक्लागण्डकी नगरपालिका तनहुँकै भिमाद नगरपालिका बिचको खेलामा शुक्लागण्डकी नगरपालिका १ – ० गोलले बिजयी भएको छ ।
म्याग्दे गाउँपालिका वडा नं ५ छाङ्ग पाटनमा हुने फुटवल प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख, ट्रफी, मेडल र प्रमाण -पत्र, द्धितीय पुरस्कार १,लाख ५० हजार ट्रफी, मेडल र प्रमाण-पत्र,र सेमीफाइनल पुग्ने २ टिमलाई १५/१५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिनेछ ।
उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई दश हजार र विधागततर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही पाँच पाँच हजार रुपैया नगद पुरस्कार प्रदान गरिनेछ ।
त्यसैगरि जिल्लास्तरीय सी लेभल व्याटमिन्टन प्रतियोगितामा प्रथम हुने टोलीलाई ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण-पत्र, दोस्रो हुने टोलीलाई ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण- पत्र, र सेमिफाइनल पुग्ने दुई टोलीलाई १० / १० हजार रुपैया नगद, ट्रफी, मेडल र प्रमाण -पत्र प्रदान गरिनेछ ।
त्यसैगरि म्याग्दे गाउँपालिका वडा स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगितामा म्याग्दे गाउँपालिका अन्तर्गतका ७ वडाका पुरुष तथा महिला भलिवल खेलाडीको सहभागिता रहेको भलिवल प्रतियागिता फागुन ८ गतेदेखि १० गतेसम्म संचालन भईसकेको छ ।
दोश्रोे ग्याग्दे गाउँपालिका अध्यक्ष कप २०८१ अन्तर्गतका विभिन्न प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख रुपैया विनियोजन गरिएको थियो । प्रतियोगिता न्यु भिजन युवा क्लव म्याग्दे-२, थर्पु व्याटमिन्टन क्लव म्याग्दे-४ र आदर्श नमुना क्लव म्याग्दे-४ को विशेष सहयोग संचालन भएको छ ।








