अश्लिल शब्द बोल्नेदेखि नगरपालिकामा आगो लगाउछु भन्दै कर्मचारीले काम गर्न नदिएको व्यासका जनप्रतिनिधिहरुको गुनासो

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । व्यास नगरपालिकाका जनप्रतिनिधिहरुले केहि कर्मचारीहरुको गलत नियत , हाकाहाकी कमिशन माग्ने प्रवृत्तिले गर्दा कुनै पनि विकास निर्काणको काम गर्न नपाएको गुनासो गरेका छन् । आज बिहान करिब ८ बजे नगरपालिकाको सभाहलमा व्यास १३ मा स्थापना गर्ने लक्ष्य लिईएको फाहोरमैला सरसफाई केन्द्रको जग्गा खरिद प्रकरणमा कर्मचारीको असहयोगका कारण जग्गा खरिद प्रकरण लम्बिएको बिषयमा जानकारी दिन आकस्मिक गरिएको पत्रकार सम्मेलनमा व्यास नगरपालिकाका जनप्रतिनिधिहरुले उक्त आरोप लगाएका छन् । व्यास नगरपालिकाकी उप प्रमुख ईन्दिरा दरैको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा व्यास नगरपालिकाको सरसफाई व्यवस्थापन केन्द्र जग्गा व्यवस्थापन समितिका संयोजक तथा व्यास १३ का अध्यक्ष बसन्त आलेले कर्मचारीहरुले नियतवश नै जग्गा खरिद प्रकरणमा कमिशन माग्ने, कमिशन नदिए काम रोक्ने र स्थानियहरुलाई भड्काउने गरेको अरोप लगाउदै कर्मचारी र केहि स्थानियले कमिशन मागेको, वकिलसग सरसल्लाह गरेको अडियो रेकर्ड सार्वजनिक गरेका छन् । उक्त अडियो रेकर्ड सार्वजनिक कार्यक्रममा समितिका सदस्य एवं वडा नं. ५ का अध्यक्ष बिष्णुकुमार श्रेष्ठ हिमालले प्रेस विज्ञप्ति वाचन गर्दै नगरपालिकाको मुहार फेर्ने योजना ल्याउदा पनि कमशिन माग्ने, अनेक थरि दुः ख दिने र जनप्रतिनिधिहरुलाई असफल बनाउन नगरपालिकाका केहि कर्मचारी लागेको बताएक ाथिए । उक्त कार्यक्रममा कर्मचारी, स्थानिय र वकिलका बिच भएका कुराकानी, कर्मचारीले कमिशन दिए आजै काम गरिदिने भनेको अडियोृ कुराकानी र नगरपालिकाका करिब ५ जना कर्मचारीहरु कुनै गोप्य  स्थानमा गोप्य स्थानमा बसेर मादक पदार्थको सुरमा बोलेको जस्तो सुनिने वार्ता अति भद्धा, अश्लिल शब्दहरु बोलिएको सम्वाद र एकजना कर्मचारीले ”कुनै कर्मचारीलाई छोए नगरपालिकामा आगो लगाईदिन्छु” भनेर बोलेको सम्वाद बोलेको अडियो सुनाएका थिए । कर्मचारीहरु  बढि नै अश्लिल र व्यक्तिगत तवरमा गालि गलौजमा उत्रिएको र यस्ले नगरपालिकाका केहि कर्मचारीको नियत प्रष्ट भएको बताईएको थियो । कर्मचारीहरुको यस्तो प्रवृत्तिले गर्दा जनप्रतिनिधिहरु एकजुट भएर त्यस्ता कर्मचारीलाई कारवाहीको दायरामा ल्याउन खुट्टा नकमाईकन लाग्ने उक्त अवसरमा जानकारी दिईएको थियो । कार्यक्रममा व्यास नगरपालिका वडा नं. १ का अध्यक्ष रमेश हड्खले, २ का अध्यक्ष काशीराम श्रेष्ठ, ४ का अध्यक्ष मनबहादुर गुरुगं, ५ का अध्यक्ष बिष्णुकुमार श्रेष्ठ हिमाल, ६ का अध्यक्ष कुमार गुरुगं, ९ का अध्यक्ष शुरेश आले लगायत कर्मचारीले मृत भनिएका कार्यपालिकाका अधिकांश सदस्यहरुको उपस्थिति रहेको थियो । व्यास नगरपालिकाका अधिकांश जनप्रतिनिधिहरु उपस्थित भएर कर्मचारीको असहयोगले सरसफाई केन्द्रको जग्गा खरिद प्रकरणमा गरेको असहयोग भण्डारफोर कार्यक्रममा सुनाईएको अडियोको वास्तविकता पत्रकारसम्मेलनमा नाम तोकिएका  व्यक्तिहरुको हो वा होईन सो परिक्षण पश्चात प्रमाणित हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?