पारसलाई चौथोपटक हृदयघात, तीन दिन अस्पतालमै रहने

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हदृयघात भएको छ । शाहलाई आइतबार बेलुका हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो । उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ ।

‘हिजो बेलुका हृदयघात नै भएर आउनु भएको थियो । हामीले एन्जीयोप्लाष्टिक गर्यौं,’ ती चिकित्सकले अनलाइनखबरसँग भने, ‘अहिले स्वास्थ्य अवस्था सुधार उन्मुख छ ।’

चिकित्सकका अनुसार पारसलाई अहिले चौथो पटक हृदयघात भएको हो ।

पारसलाई किन पटक पटक हृदयघात भइरहेको छ रु भन्ने प्रश्न ती चिकित्सकले भने, ‘राज परिवारमा हृदयघात वंशाणुगत समस्या छ । पारसमा पनि हृदयघात हुनुमा बढी वंशाणुगत कुराले प्रभाव पारेको देखिन्छ ।’

ती चिकित्सकका अनुसार अबको तीन दिन अझै अस्पतालको निगरानीमा राखिनेछ ।

अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?