तनहुँ । बिषयान्तर नगरी स्थानीय बासिन्दा हरुको समेत सहमतिमा सरसफाई केन्द्र स्थापना गर्न रास्वपा व्यासनगरले माग गरेको छ । रास्वपा व्यासनगरका सभापति चुडामणि दाहालद्वारा जारि विज्ञप्तिमा व्यास नगरपालिकाले फोहोर ब्यवस्थापन का लागी खरिद गर्न लागेको खरिद प्रक्रियाको सम्बन्धमा नगरपालिकाका उप प्रमुख सहितका जनप्रतिनिधिको उपस्थितिमा २०८१ फाल्गुन १७ गते गरिएको पत्रकार सम्मेलनमा प्रस्तुत भएका कुराहरुले ब्यास नगरपालिका भित्रको बेथिति उजागर भएको छ सो सम्बन्धमा विभिन्न समाचार माध्यम र सामाजिक संजालमा प्रकासित प्रसारित समाचारहरु प्रती रा.स्व.पा. ब्यास नगर समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
बिगत देखिनै ब्यास नगरपालिका विभिन्न बिवादमा तानिदै आएकोमा हाल उजागर भएका तथ्य हरुले नगरपालिका भित्र बिकृती बिसङगती भ्रष्टाचार झ्यागिदै गएको तथ्य पुष्टि भएको छ भनिएको छ।
विज्ञप्तिमा सबै नगरवासीको आवश्यकता र चासोको रुपमा रहेको फोहोर ब्यवस्थापनको कार्य जिल्लाकै सबैभन्दा पुरानो ब्यास नगरले हाल सम्म समाधान गर्न नसक्नु झन बिवादित हुँदै जानू दुस्खद र खेदजनक छ पनि भनिएको छ ।
जग्गा खरिद प्रक्रिया सग सम्बन्धित सार्वजनिक भएका अडियो लगायतका तथ्यहरुको निष्पक्ष छानबिन गरि , बिषयान्तर नगरी, सत्य तथ्य सार्वजनिक गर्न र दोषी लाई कानुनी कारवाहीको दायरामा ल्याउन रा.स्व. पा. ब्यास नगर समिति जोडदार माग गर्दछ विज्ञप्तिमा भनिएको छ ।
फोहोर ब्यवस्थापन जस्तो संबेदनसिल बिषयको दीर्घकालीन समाधानका लागि जुन सुकै स्थानमा गरेतापनि स्थानीय बासिन्दाहरुको समेत सहमतिमा गर्नु पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ । सो सम्बन्धमा कुनै समस्या भएको खण्डमा सर्वपक्षीय रसर्वदलीय पहलको आवस्यकता परेमा हाम्रो पार्टी को पुर्ण सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्दछौं दाहालद्वारा जारि विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी भ्रष्ट्राचार बिरोधी सुशासनको अभियान बाट जन्मिएको पार्टी भएकाले ब्यास नगरपालिका लगायत राज्यका सबै निकायमा भएका भ्रष्टाचार । बेथिति र अनियमितताका बिरुद्द नागरिकस्तर बाटै सचेत खबरदारी हुनुपर्दछ भन्ने मान्यता राख्दछ र उक्त कार्यमा हाम्रो पार्टी को पुर्ण साथ र सहयोग रहने प्रतिवद्दता व्यक्त गर्दछौं भनिएको छ पनि सभापति दाहालद्वारा जारि विज्ञप्तिमा भनिएको छ ।








