व्यास ९ मा बन्चरो प्रहार गरी १ महिलाको हत्याः ३० बर्षिय शंकर पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको ब्यास नगरपालिका वडा नं. ९ कुमालगाँउमा आज करिब ७ः ३० बजेको समयमा धारिलो हतियार बन्चरो प्रहार गरी १ महिलाको हत्या भएको छ । उक्त सोहि स्थान बस्ने बर्ष ६६ की बिष्णुमाया कुमालको हत्या भएको हो । कुमालको टाउको समेतमा गहिरो चोट लागि आफ्नै घर अगाडीको खालि जग्गामा घोप्टो परी मृत अवस्थामा रहेको भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । स्थानीय मानिसहरू मार्फत सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय तनहुन्बाट प्रहरी निरीक्षक समेतको टोली घटनास्थलमा खटि गई प्रारम्भिक अनुसन्धान कार्य गर्दा कुमाललाई धारिलो बन्चरोले टाउको समेतमा निर्ममता पूर्वक प्रहार गरी हत्या गर्ने कार्यमा
संलग्न ब्यास ९ बस्ने ३० बर्षको शिव शंकर भन्ने शंकर कुमाललाई पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?