तनहुँ । तनहुँको भिमाद नगरपालिका वडा नम्बर २ धरमपानीबाट हराएका  ३६ वर्षीय महेश सुवेदी शव भेटिएको छ ।  गत फागुन १७ गतेदेखी घरबाटै हराएका  सुवेदीको शव भिमाद नगरपालिकाको  बडहरभन्ज्याङ नजिकै मैदान भन्ने ठाउँ नजिकै खोलामा पानीमा डुबेको मृत अबस्थामा बुधबार साँझपख भेटिएको छ । सम्पर्क विहिन भएपछि घरपरिवारले सम्पर्क गर्दा आफू कुन ठाउँमा भएको थाहा नभएको बताएका सुवेदीको त्यसपछि लगत्तै  मोवाईल अफ भएको थियोे ।